Taksar News
चिनीयाँ कम्पनीले रू. १००० दरको ४३ करोड थान बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रू. १००० दरको ४३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरेको छ ।
राष्ट्र बैंकले रू. १००० दरको ४३ करोड थान अर्थात ४ खर्ब ३० अर्ब रूपैयाँ छपाइ गर्ने जनाएको छ ।
नयाँ बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि मिति २०८२ भदौ १० गते राष्ट्रिय दैनिक पत्रिका तथा बैंकको वेबसाईटमा सूचना प्रकाशन गरी बोलपत्र आह्वान गरेको थियो । सोही आह्वान अनुसार रीतपूर्वक पेश हुन आएको न्यूनतम मूल्याङ्कन गरेको चिनीयाँ बोलपत्रदाता चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनसँग करार सम्झौता भएको हो ।
४३ करोड थान छपाइको लागि एक करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा छपाइ गर्ने करार सम्झौता गरेको हो । अर्थात २ अर्ब ४२ करोड २३ लाख रूपैयाँमा ४३ करोड थान डिजाइन, छपाइ तथा आपूर्ति गर्ने भएको हो ।