npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

गोबर गणेश’ आजबाट प्रदर्शनमा

इन्द्र कमल रोक्का 5 hours ago

काठमाडौं । मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो ।

सामाजिक कथावस्तु उठान गरेको चलचित्र ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौं सपनाको कथा भन्ने प्रयास गरेको छ । काठमाडौंमा सुखसयलको जीवन बिताउने सपना पुरा नहुँदाको कथा ‘गोबर गणेश’मा हेर्न सकिन्छ ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे ९पुकु०, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय छ ।

Read more news from Kendrabindu

Explore by Source or Category