आइक्यानका सदस्यले भारतको मणिपाल विश्वविद्यालयमा स्नात्तकोत्तर गर्न पाउने
काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले भारतको मणिपाल विश्वविद्यालय जयपुरसँग द्विपक्षीय समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।
पेशागत विकास र संस्थागत सञ्जाल विस्तारमार्फत शैक्षिक तथा व्यावसायिक उत्कृष्टता अभिवृद्धि गर्ने भन्दै आइक्यानले विश्वविद्यालयसँग समझदारी गरेको हो।
समझदारीपत्रमा आइतबार आइक्यानका अध्यक्ष निलबहादुर सारु मगर र मणिपाल विश्वविद्यालयका अध्यक्ष डा. नीति निपुण शर्माले हस्ताक्षर गरे।
आइक्यानका अध्यक्ष सारु मगरले यो समझदारीपछि आइक्यानका सदस्यले विश्वविद्यालयमा एमकम डिग्री हासिल गर्ने अवसर पाउने बताए।
विश्वविद्यालयका अध्यक्ष डा. शर्माले आइक्यानका प्रतिनिधिलाई विश्वविद्यालयमा गेस्ट लेक्चरको रुपमा सहभागी गराउन र अर्थपूर्ण शैक्षिक आदानप्रदानलाई सहज बनाउन तत्पर रहेको बताए।
The post आइक्यानका सदस्यले भारतको मणिपाल विश्वविद्यालयमा स्नात्तकोत्तर गर्न पाउने appeared first on BIZMANDU.