फोडेनको २ गोलमा सिटीको जित
एजेन्सी – म्यानचेस्टर सिटी शनिवार विजयी हुँदै प्रिमियर लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
फिल फोडेनको उच्च प्रदर्शनमा सिटीले लिड्स युनाइटेडलाई ३-२ ले हराएको छ। फिल फोडेनले पहिलो मिनेटमै गोल गरे र भने इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक गोल गरे।
२५ औं मिनेटमा जोस्को ग्भार्डिओलले गोल गरेपछि सिटी पहिलो हाफमा २-० ले अघि रह्यो। दोस्रो हाफमा लिड्सका डोमिनिक क्याल्भर्ट लेविन मैदानमा प्रवेश गरेपछि खेल बदलियो।
उनले ४९ औं मिनेटमा गोल फर्काए । पेनाल्टी पनि जिते। ६८ औं मिनेटमा पेनाल्टीमा लुकास नेमेकाले रिबाउन्डमा गोल गर्दै खेल २-२ बराबरीमा ल्याए।
लिड्सले जितका लागि धेरै प्रयास गर्यो । तर सफल भएन। इन्जुरी समयको पहिलो मिनेटमै फोडेनले गोल गरेपछि सिटीले नाटकीय जित निकाल्यो ।
यो जितसँगै सिटी २५ अंकसहित दोस्रो स्थानमा पुगेको छ। शीर्ष स्थानको आर्सनल २९ र तेस्रो स्थानको चेल्सीको २३ अंक छ। आर्सनल र चेल्सी आइतवार खेल्दैछन् ।
लिड्स १८औँ स्थानम छ। शनिवार अन्य खेलमा ब्रेन्टफोर्डले बर्नलीलाई ३-१ ले र सन्डरल्यान्डले बोर्नमाउथलाई ३-२ ले हराएको छ।
प्रिमियर लिगमा शनिवारको नतिजा र अंक तालिकाको शीर्ष १५ टोली


The post फोडेनको २ गोलमा सिटीको जित first appeared on हाम्रो खेलकुद.