Sutra News
कस्तो रहला आज देशभरको मौसम ?
सुत्र न्युज
|
4 hours ago
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जनाएको छ ।
जसका कारण देशका उच्च पहाडी तथा हिमाली भूभागका साथै कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
यस्तै, आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज राति भने कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।