npl.977 Nepal News Stream

RONB post logo RONB post

गगन थापाले भने-‘अब कांग्रेसमा गुट र भागबण्डा अन्त्य भयो’

RONB Post 2 hours ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगको निर्णयसँगै पार्टीमा विधि, विधान र पद्धति स्थापित भएको बताएका छन् ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको समितिलाई वैधता दिएसँगै सार्वजनिक अपील गर्दै सभापति थापाले गुटगत भागवण्डा सकिएको घोषणा गरेका हुन् । थापाले पार्टीलाई एकताबद्ध भएर अगाडि बढाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपील गरेका छन् ।

महाधिवेशनबाट विधि विधानले प्रधानता पाएको उल्लेख गर्दै सभापति थापाले यसलाई जय पराजयको विषय बनाउन नहुने बताएका छन् ।

सभापति थापाले अबका दिनमा कांग्रेसभित्र कुनै पनि गुट र भागबण्डाको राजनीति नरहने घोषणा गरेका हुन् । ‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन । जिम्मेवारी फरक होला तर भुइँ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हुनेछ,’ उनले भनेका छन् ।

‘कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं । विश्वास र भरोसा राख्नुहोस्, अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ । रिफर्मको यात्रा शुरु भइसकेको छ,’ सभापति थापाले अपीलमा उल्लेख गरेका छन् ।

The post गगन थापाले भने-‘अब कांग्रेसमा गुट र भागबण्डा अन्त्य भयो’ appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category