npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

स्मार्टको निःशुल्क वित्तीय साक्षरता तालिम आजदेखि सुरु

Sudarshan Shrestha 1 hour ago

काठमाडौँ । स्टक मार्केट एनालाइसिस एण्ड रिसर्च टिम (स्मार्ट)ले आयोजना गर्न लागेको वित्तीय साक्षरता सम्बन्धी अनलाइन प्रशिक्षण कार्यक्रम आजदेखि सुरु हुने भएको छ । प्रशिक्षण कार्यक्रम मंसिर १५ गते (आज) साँझ ८ बजेदेखि ९ बजेसम्म (एक घण्टा) हुनेछ । 

प्रतिशक्ष कार्यक्रम १५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने स्मार्टले जनाएको छ । 

स्मार्टका अनुसार प्रशिक्षण कार्यक्रममा नेपालका लगानीकर्ता, विद्यार्थी, कर्मशील युवा र आर्थिक रुपमा सक्षम बन्न चाहने सबैप्रति लक्षित रहेको आयोजक स्मार्टले जनाएको छ । स्मार्टका अनुसार प्रशिक्षण कार्यक्रममा सहभागिताका लागि ठूलो संख्यामा सहभागीहरुले नाम रजिष्ट्रर गरेका छन् ।

६ दिन सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रम पूर्णरुपमा निःशुल्क हुनेछ । कार्यक्रममा सहभागीहरुलाई आर्थिक सचेतना, पैसाको सही व्यवस्थापन, आम्दानी-खर्च योजना, बचत-लगानीका आधारभूत सिद्धान्त लगायत महत्वपूर्ण वित्तीय ज्ञानका विषयमा प्रशिक्षण दिइनेछ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category