npl.977 Nepal News Stream

RONB post logo RONB post

कर्णाली टस जितेर काठमाडौंविरुद्ध ब्याटिङ गर्दै

RONB Post 20 hours ago

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा कर्णाली याक्सले टस जितेको छ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर काठमाण्डु गोर्खाजविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

करण केसीको नेतृत्वमा रहेको काठमाण्डू तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाण्डूका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

सोमपाल कामीको कप्तानीमा चार वटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले हालसम्म एउटा मात्र खेलमा जित निकालेको छ । अंक तालिकामा दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । पाँच खेलमा एक खेल गुमाएको विराटनगरकोसमेत ८ अंकसहित दोस्रो स्थानमा छ।

पाँच खेल खेलेको काठमाण्डु ६ अंकसहित तेस्रो स्थानमा छ भने चितवन र लुम्बिनीको समान चार अंक छ । रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ । कर्णाली र पोखराको दुईदुई अंक छ भने जनकपुर अंकबिहीन पुछारमा छ ।

The post कर्णाली टस जितेर काठमाडौंविरुद्ध ब्याटिङ गर्दै appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category