npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

दमनकारीलाई पक्राउ गर्न सहिद परिवारको माग

Saral Patrika 2 hours ago

काठमाडौँ। सहिद परिवारका प्रतिनिधिले आन्दोलनका बेला दमन गर्नेहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको भेटमा जेनजी आन्दोलनका सहिद परिवारले यो माग राखेका हुन्। प्रधानमन्त्रीसहितको टोलीसँग उनीहरुले सिंहदरबारमा भेटवार्ता गरेका थिए।

भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सरकारले आन्दोलनको म्यान्डेटअनुसार के कति काम गर्‍यो र उनीहरूका माग के कति पूरा भए भनेर सोधेका थिए।

उनीहरूले केवल चुनावको कुरा मात्र नभई भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्नुपर्ने र आन्दोलनका बेला दमन गर्नेहरूलाई तुरुन्त पक्राउ गर्नुपर्ने धारणा राखे।

प्रतिनिधिमण्डलले यसअघि सरकारलाई बुझाएका १४ बुँदे मागहरू तत्काल कार्यान्वयन गर्न जोड दिँदै, अन्यथा फेरि आन्दोलनमा जान सक्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री कार्की र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जेनजी आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागहरूप्रति सरकार गम्भीर र इमानदार रहेको बताएका छन्। उनीहरूले मागहरू सम्बोधन गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरे।

छलफलमा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको पनि उपस्थिति थियो।

Read more news from Saral patrika

Explore by Source or Category