लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन
काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी पुन लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित थिइन् ।
उनको काठमाण्डौमा रहेको शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारकाक्रममा हिजो निधन भएको एमाले पोलिटब्यूरो सदस्य खेममान खड्काले जानकारी दिए । उपचारकाक्रममा दुई वटा अप्रेसन गरिएको थियो ।
तीन हप्ताअघि उनको मुटुको भल्बको शल्यक्रिया गरी कृत्रिम भल्ब राखिएको थियो । लगत्तै शल्यक्रिया गरी शिशु निकालिएको थियो । शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ । पुन लुम्बिनी प्रदेशसभाको अर्थ, पर्यटन तथा विकास समितिकी सदस्य समेत थिइन् ।
The post लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन appeared first on NepaliPatra.