npl.977 Nepal News Stream

#विविध

नेपाल न्युज logo नेपाल न्युज

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

नेपाल न्युज | 12 minutes ago
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए ।
नेपाल न्युज logo नेपाल न्युज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

नेपाल न्युज | 28 minutes ago
काठमाडौँ। प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ। काउन्सिले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम नगर्न नगराउनेसम्बन्धी निर्वाचन आचारसंहिताको प्रावधान स्मरण गराएको हो ।
नेपाल न्युज logo नेपाल न्युज

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

नेपाल न्युज | 36 minutes ago
जुम्ला। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आवश्यक पर्ने सबै निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।
नेपाल न्युज logo नेपाल न्युज

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

नेपाल न्युज | 50 minutes ago
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
नेपाल न्युज logo नेपाल न्युज

लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

नेपालन्युज | 17 hours ago
बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। विज्ञप्ति जारी गर्दै मन्त्रालयको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले बेरुतको दक्षिणी उपनगरमा २० जनाको मृत्यु हुनुका साथै ९१ जना घाइते भएको सोमबार जनाएको छ।
नेपाल न्युज logo नेपाल न्युज

हुम्लामा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी

नेपालन्युज | 17 hours ago
हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ को चाला र वडा नं–६ लिमीका तीन मदतान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी तथा निर्वाचन सामग्री नेपाली सेनाको हेलिकप्टरमा ढुवानी भइरहेको छ । चार मतदान केन्द्रमा खटिएका १०२ कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई हेलिकप्टरमा त्यसतर्फ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए ।
नेपाल न्युज logo नेपाल न्युज

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ: संयोजक दाहाल

नेपालन्युज | 18 hours ago
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा सम्मुखमा रहेकाले शान्तिपूर्ण वातावरणमा फागु पूर्णिमा (होली) पर्व मनाउन आह्वान गरेका छन् । फागु पूर्णिमाको अवसरमा आज शुभकामना दिँदै उनले होलीको रङले सम्बन्ध नजिक बनाउनुका साथै तथा निर्वाचनको नतिजाले जनजीवनमा आशा र उमङ्ग ल्याउने विश्वास व्यक्त गरेको छ ।
नेपाल न्युज logo नेपाल न्युज

इरानको मिसाइल र ड्रोन आक्रमणले खाडी क्षेत्रभर संकट, तेल, उड्डयन र अर्थतन्त्रमा ठूलो प्रभाव

नेपालन्युज | 19 hours ago
दुबई। अमेरिका र इजरायलद्वारा गरिएका सैन्य आक्रमणको प्रतिशोध भन्दै इरानले आफ्नो छिमेकी खाडी राष्ट्रहरूलाई निशाना बनाउँदै मिसाइल र ड्रोन आक्रमणहरू जारी राखेपछि सो क्षेत्रको तेल उद्योग, अन्तर्राष्ट्रिय उड्डयन र समग्र अर्थतन्त्रमा व्यापक प्रभाव पारिरहेको छ। इरानले संयुक्त अरब इमिरेट्स ९यूएई०, कुवेत, कतार, बहराइन र अन्य क्षेत्रमा मिसाइल तथा ड्रोन हमला जारी गरेको छ।
नेपाल न्युज logo नेपाल न्युज

बसन्तपुरमा पर्यटकको होली [फोटो फिचर]

नेपालन्युज | 19 hours ago
काठमाडौँ। फागुपूर्णिमा अर्थात् होली पर्वको अवसरमा सोमबार पहाडी क्षेत्रमा होली मनाइएको छ। सोमबार काठमाडौँको बसन्तपुरमा विभिन्न देशका पर्यटकहरूले स्थानीयसँग मिलेर आपसमा रंग लगाएर होली खेलेका छन्। फागुन २१ गते निर्वाचन परेकाले अघिल्लो वर्षहरूमा जस्तो रौनक नदेखिएपनि बसन्तपुरमा बिहानैदेखि होली खेल्न सुरू भएको छ।
नेपाल न्युज logo नेपाल न्युज

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते

नेपालन्युज | 19 hours ago
सिरहा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन राय रहेका छन् ।
नेपाल न्युज logo नेपाल न्युज

भक्तपुरमा यसरी मनाइँदै छ फागु पर्व

नेपालन्युज | 20 hours ago
भक्तपुर। वसन्त ऋतुको आगमनसँगै रङहरूको पर्वको रुपमा मनाइने फागु पर्व आज भक्तपुरमा धुमधामका साथ मनाउँदैछन् । विजयको हर्षोल्लासको रुपमा एक आपसमा रङ दलेर खुसी साटासाट गरी मनाइने यो पर्व भक्तपुरमा बेग्लै परम्परागत शैलीमा मनाइन्छ ।
नेपाल न्युज logo नेपाल न्युज

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

नेपालन्युज | 21 hours ago
ढोरपाटन। बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक सञ्जालमार्फत जोडिएको छ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा गाउँ सिधा सडक सञ्जालले जोडिएको हो ।
नेपाल न्युज logo नेपाल न्युज

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपालन्युज | 21 hours ago
काठमाडौँ। देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्सु लाग्ने देखिएको छ ।
नेपाल न्युज logo नेपाल न्युज

भिमेसन मन्दिरमा भक्तजनको घुइँचो

नेपालन्युज | 22 hours ago
भादगाउँ। फागुपूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । धार्मिक तथा सांस्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने फागुपूर्णिमामा भक्तपुरको आर्दशस्थित परदेशी भिमसेन, याँछेंस्थित याँछें भिमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन र पूजाका लागि भक्तजनको घुइँचो लागेको हो ।

Explore by Source or Category