राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
तीनपोखरी कप आमन्त्रित फुटबल उपाधि सेकाहाले जित्यो
सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिताको उपाधी सेकाहाले जितेको छ । माघे सक्रान्ति मेलाको अवसरमा खेलकुद संस्कृति र पर्यटन,समृद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ । खाँदबारी रंगशालामा आज भएको फाइनल खेलमा मकालु फेन्डस क्लवलाई हराउँदै सेकाहा सामुदायिक विकास क्लव तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिताको उपाधी जितेको हो ।
आज भएको खेलमा घरेलु टिम सेकाहा सामुदायिक विकास क्लवले २–१ गोल अन्तरले मकालुलाई पराजित गर्दै प्रतियोगिताको उपाधी चुमेको हो । मकालुका जिवन मास्के मगररले पहिलो हाफको ७ औं मिनेटमा पहिलो गर्दै खेललाई अग्रता दिलाइका थिए । तर सेकाहाका रोशन आचार्यले ८ औं मिनेटमा १ गोल गर्दै खेललाई बराबर बनाए । सेकाहाका अनिष धामीले पहिलो हाफको २५ औं मिनेट थप १ गोल गद्रैै टिमलाई विजयी बनाएका थिए ।
प्रतियोगिताको विजयी टिम सेकाहाले नगद २ लाख ५१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको मकालु फेन्डस क्लवले नगद १ लाख २१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण प्राप्त गरेको छ । प्रतियोगिताको समापन कार्यक्रममा बोल्न हुदै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले खेलकुद मनोरञ्जन मात्र होइन, अनुशासन र सामाजिक परिवर्तनको माध्यम भएको बताउनुभयो ।
आर्थिक मामिला तथा योजना मन्त्री लिङ्थेपले खेलाडी र खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले सधै लगानी गरिरहने प्रतिवद्धता ब्यक्त गर्नु भयो । प्रतियोगितामा विभिन्न विधामा समेत ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिएको छ । प्रतियोगितामा विभागीय टिम ससस्त्र प्रहरी कोशी प्रदेश पकली, बेलका युथ क्लव उदयपुर,चुलाचुली स्पोटिङ क्लव दमक सहित कोशी प्रदेशका ८ टिमको सहभागिता जनाएको तीनपोखरी समाज विकास क्लवका अध्यक्ष मिनेश चापागाईले बताए ।
प्रतियोगिताकोे नगद पुरस्कारभन्दा पनि प्रतिष्ठित ट्रफी उचाल्ने गौरव नै खेलाडी र क्लबहरूको मुख्य लक्ष्य बनेको छ । प्रतिष्ठाका लागि सहभागी क्लबहरूले उपाधि जित्न ५ लाख रुपैयाँसम्म खर्च गर्दै ‘ए’ डिभिजन तथा राष्ट्रिय स्तरका अनुभवी खेलाडीलाई मैदानमा उतारेका थिए । ती खेलाडीहरूले प्रति म्याच ५ हजारदेखि १० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् ।
The post तीनपोखरी कप आमन्त्रित फुटबल उपाधि सेकाहाले जित्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....