npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

पुस २६–२८ गते महाधिवेशन गर्ने कांग्रेसको निर्णय

राजधानी समाचारदाता 6 hours ago

काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी पुस अन्तिम साता गर्ने भएको छ। सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशन पुस २६, २७ र २८ गते गर्ने निर्णय गरेको हो।

बैठकले महाधिवेशनअघि पूरा गर्नुपर्ने सबै तयारी तथा प्रक्रियासम्बन्धी कार्य तालिकासमेत सार्वजनिक गरेको छ। कार्य तालिकामा अधिवेशनको पूर्व तयारी, आवश्यक सङ्गठनात्मक प्रक्रिया, व्यवस्थापन तथा अन्य प्राविधिक कामहरू समेटिएका छन्।

काँग्रेसले विगत केही समयदेखि विवादित बनेको महाधिवेशनको मिति टुङ्गो लगाएसँगै अब सबै तयारी तीव्र रूपमा अघि बढाउने जनाएको छ।

देउवा कार्यसमितिको म्याद माघसम्म थप
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय भएको छ। मंसिर २३ गते कार्य अवधि सकिने र पुस मसान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप एक महिनाको अवधि राखेर म्याद थपिएको प्रवक्ता प्रकाश शरण महतले बताए।

The post पुस २६–२८ गते महाधिवेशन गर्ने कांग्रेसको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category