Clickmandu
कांग्रेसको महाधिवेशन पुस २६–२८ मा, यस्तो छ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसले लामो समयदेखिको आन्तरिक खिचातानी अन्त्य गर्दै १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार महाधिवेशन मिति कांग्रेस केन्द्रीय समितिको बैठकले सर्वसम्मत रूपमा टुङ्ग्याएको हो ।
जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग उठ्दै आएको थियो । संस्थापन इतर समूहले विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेपछि केन्द्रीय समिति बैठक निरन्तर लम्बिएको थियो ।
अन्ततः पार्टी नेतृत्व नियमित महाधिवेशन नै आगामी आमनिर्वाचनअघि गर्ने सहमतिमा पुगेको हो । यससँगै धेरै दिनदेखि चलिरहेको केन्द्रीय समिति बैठक शुक्रबार समापन भयो । बैठकपछि प्रवक्ता महतले महाधिवेशन कार्यतालिका पनि सार्वजनिक गरेका छन् ।
कांग्रेस महाधिवेशनको कार्यतालिका यसप्रकार छः
क्रियाशील सदस्यता सम्बन्धी कार्य
– मंसिर २० गतेभित्र नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण सक्ने।
– जिल्लाबाट वडासम्म सदस्यता फाराम पठाउने समय २४ गतेसम्म।
– पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यता वितरण पूरा गर्ने।
– क्रियाशील सदस्यताको छानबिन, पुनरावेदन र उजुरीको अन्तिम निर्णय पुस १४ गतेभित्र गरी सूची सभापतिद्वयलाई बुझाउने।
– सदस्यता वितरणमा समावेशीता, नवयुवा पुस्ता तथा अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेट्ने व्यवस्था।
अधिवेशन कार्यतालिका
– विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन : पुस १५
– गाउँ/नगर तथा वडा अधिवेशन : पुस १६
– गाउँ/नगरपालिका अधिवेशन : पुस १७
– प्रदेशसभा क्षेत्रीय अधिवेशन : पुस १९
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन : पुस २१
– एकभन्दा बढी क्षेत्र रहेको जिल्लाको अधिवेशन : पुस २२
– प्रदेश अधिवेशन : पुस २३ र २४
– महाधिवेशन : पुस २६, २७ र २८