npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

प्रगति टेक्सटायल इन्डष्ट्रिजको व्यापार २५ प्रतिशतले बढ्यो

क्लिकमान्डु 8 hours ago

काठमाडौं । प्रगति टेक्सटायल इन्डष्ट्रिजको व्यापार २५ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २५ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२४ मा ५६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ७० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ६६ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ७५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले गत आवमा १.४६ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ३.४८ प्रतिशतले खुद घाटा व्यहोरेको थियो ।

सन् १९९१ मा स्थापना भएको कम्पनीले विशेषगरी निटिङ, शर्टिङ र सुटिङ सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले ८० प्रतिशत धागो नेपाली उत्पादकहरुबाट खरिद गर्दै आएको छ ।

कम्पनीले कास्टिक सोडा, सोडा र सल्ट स्थानीय विक्रेताहरुबाट खरिद गर्ने गरेको छ । साथै विशेष केमिकलहरु भने भारतीय उत्पादनकहरुबाट खरिद गर्ने गरेको कम्पनीले दीर्घकालीन कर्जाका लागि ९ करोड ९७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३५ करोड ६९ लाख रुपैयाँको रेटिङ गराएको हो ।

Read more news from Clickmandu

Explore by Source or Category