npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

घट्यो ब्याजदर करिडोरको माथिल्ला सीमा र नीतिगत दर

जयराम गौतम 4 hours ago

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्ला सीमा र नीतिगत दर घटाएको छ।

केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा जारी गरेको छ। सोही समीक्षामार्फत ब्याजदर करिडोरको माथिल्ला सीमा र नीतिगत दर घटाइएको हो।

राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगत दरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाका रुपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरेको छ । ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत कायम राखिएको छ ।

समीक्षामार्फत अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत कायम गरिएको छ।

Read more news from Insurance Khabar

Explore by Source or Category