npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

दलीय  गठबन्धनले स्थानीय सरकारमा महिला संख्या घट्याे: पूर्वराष्ट्रपति भण्डारी

न्युज अफ नेपाल 15 hours ago

धादिङ । 

संविधान, कानूनले महिला सहभागिता ग्यारेन्टी गरेको भएपनि स्थानीय सरकारहरुमा महिलाको संख्या घटेकाे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।

बेनीघाट रोराङ गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहिद स्मृति रनिङ कप बृहत् खेलकुद प्रतियोगिता, छैटौँ मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता एवं तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता-२०८२ काे  चन्द्राेदय मावि बिशालटारमा बुधवार उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिला सहभागिता संविधान र कानुन बमोजिम अनिवार्य हुनुपर्ने बताइन् । 

दलीय  गठबन्धनले महिलाहरू प्रतिनिधित्वबाट पछाडि परेको र स्थानीय सरकारमा प्रमुख र उपप्रमुख मध्ये एक महिला निर्वाचित हुनु पर्नेमा तेसाे नभएकाे बताइन् । 

संविधानले सुनिश्चित गरेको महिला सहभागिताको अधिकारसमेत राजनीतिक गठबन्धनकै कारण व्यवहारमा लागू हुन नसकेको भण्डारीले बताईन् । 

oplus_2

“एक तिहाई महिला सहभागिताको कुरा समेटेर देशले संविधान बनायो कानुन बनायो महिलालाई सहभागिता गराएन । राजनीतिक दलहरुको गठबन्धनले महिलाहरुलाई पछाडि पार्‍यो ।” पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।

 भण्डारीले संघीय संसददेखि स्थानीय तहसम्म महिलाको उपस्थिति घट्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले   गठबन्धनको नाममा हुने भागबण्डाले महिलालाई उम्मेदवार बन्ने अवसरबाट वञ्चित गरेको र  संविधानको मर्म र भावनालाई नै कमजोर बनाएको बताइन् ।

स्थानीय तहका पालिकाहरूमा समेत गठबन्धनकै कारण महिलाको सहभागिता अपेक्षाअनुसार हुन नसकेको उदाहरण पनि पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ । 

संविधानले महिला सहभागितालाई अनिवार्य गरेपनि राजनीतिक दलहरूले त्यसलाई प्राथमिकता नदिएको भण्डारीको आरोप छ। “संवैधानिक व्यवस्था कार्यान्वयन गर्ने मुख्य दायित्व राजनीतिक दलकै हो, तर गठबन्धन केन्द्रित राजनीतिले महिलालाई निर्णय प्रक्रियाबाट बाहिर राख्ने प्रवृत्ति बढाएको देखिन्छ”, भण्डारीको भनाइ छ ।

सामाजिक न्यायको लागि सधैं सकारात्मक भएर अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह पनि गरिन् । राष्ट्रपति रनिङ शिल्डलाई राजनीतिक विवादभन्दा माथि राख्नुपर्नेमा पनि जोड दिइन्।

oplus_2

कार्यक्रमलाई सम्बोधन गर्दै बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले खेलकुद कार्यक्रम मात्र नभाई स्वस्थ, अनुशासित र सक्षम पुस्ता निर्माणको राष्ट्रिय आधार भएकोले यसको प्रवर्द्धनमा पालिकाले प्राथमिकतामा राखेर लगानी गरिरहेको बताइन् ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल, बागमती प्रदेशका प्रदेशसभा सदस्य मायादेवी शर्मालगायत कार्यक्रममा सहभागी थिए । 

पालिकास्तरीय रनिङशिल्ड प्रतियोगितामा पालिकाको १२ ओटा माध्यमिक विद्यालय सहभागी छन् ।

Read more news from News of Nepal

Explore by Source or Category