प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्दै पूर्जा शर्मा
अनलाइन टीभी
|
2 days ago
काठमाडौं । अभिनेत्री पूजा शर्मा विवाह बन्धनमा बाँधिने भएकी छन् । प्रेमी युद्ध बानियाँसँगको लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गर्न लागेकी हुन् ।
सिन्धुपाल्चोक स्थायी घर भएकी पूजा मकवानपुरका बानियाँबीच आधा दशकदेखि प्रेम सम्बन्ध थियो । पूजा र युद्धले मंसिर २० गते सॉगास्थित स्टार फोरच्युन रिसोर्टमा सीमित आफन्त माझ विवाह गर्न लागेका हुन् ।
आधा दर्जन चलचित्रकी निर्मातासमेत रहेकी पूजाले पछिल्लो समय प्रेमी युद्धसँग मिलेर रेष्टुरेन्ट बिजनेस सञ्चालन गर्दै आइरहेका छन् । युद्ध बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका भतिज हुन् ।