npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

म्याग्दीका मगर समुदायले धुमधामका साथ मनाए माघेसङ्क्रान्ति पर्व (फोटोफिचर)

न्युज अफ नेपाल 23 hours ago

म्याग्दी– म्याग्दीमा बसोबास गर्दै आइरहेका मगर समुदायले बुधवार धुमधामका साथ माघेसङ्क्रान्ति पर्व मनाएका छन् । माघेसङ्क्रान्ति पर्वको अवसरमा आफ्नो जातीय भेषभूषामा सजिएर मगर समुदायले सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकासहित विभिन्न लोकगीत र नृत्यहरुमा छमछमी नाच्दै पर्व मनाएका हुन ।

माघेसंक्रान्ति पर्वलाई मगर समुदायले ठूलो चाडका रुपमा लिने गर्दछन् भने सोहीअनुसार उनीहरुले मनाउँदै आएका छन् । जनजातिहरुको बाहुल्यता भएको जिल्ला म्याग्दीमा मगर समुदायले माघेसंक्रान्ति पर्वलाई शुभकामना आदानप्रदानसहित विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएका छन् । मगर भेषभूषामा सजिएका युवायुवती र बुढापाकाहरुसहितको ¥यालीमा सालैजो भाकासँगै युवायुवतीहरु छमछमी नाचेका थिए ।

माघेसङ्क्रान्तिको अवसरमा म्याग्दीको बेनीमा मगर जातिको पहिचान झल्कने भेषभूषा, खानपान तथा सांस्कृतिक झाँकीसहितका कार्यक्रमहरु आयोजना गरिएको छ । मकर सङ्क्रान्तिको रुपमा चिनिदै आएको माघी पर्वमा मगर समुदायले जातीय भेषभूषमा सजिएको सांस्कृतिक ¥यालीसहित सदरमुकाम बेनीबजार परिक्रमा गरिएको थियो । उनीहरुले मगर समुदायमा लोपोन्मुख सोरठी, पुख्र्यौली र मारुनी नृत्य प्रस्तुत गरेका छन् । मगर समुदायको परापूर्वकालदेखि नै प्रकृतिको पूजाआजा गरी हर्षोल्लासपूर्वक माघेसङ्क्रान्ति पर्वलाई मनाउने गरिन्छ ।

मगर समुदायले माघेसङ्क्रान्तिलाई प्राकृतिक रुपमा वर्षे सिजन सुरु भएको पर्वको रुपमा समेत मनाउने गरेको मगर संघ म्याग्दीले जनाएको छ । माघ महिनादेखि वर्षा र साउनमा हिउँदको समय सुरु भएको सङ्केतका रुपमा मगर समुदायले लिने गरेका छन् । पुरानो संस्कृतिको संरक्षण गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित माघेसङ्क्रान्ति पर्वको अवसरमा शुभकामना आदानप्रदानको साथमा पुख्र्यौली र लोपोन्मुख नृत्यहरु प्रस्तुत गरिएको छ । मगर समुदायको भेषभूषाको पहिचानका साथै कला, संस्कृतिको समेत संरक्षण र प्रचारप्रसार गर्ने पर्वको उद्देश्य रहेको छ । मगर समुदायको प्रमुख चाडको रुपमा रहेको माघेसङ्क्रान्तिमा मगर समुदायले आफ्ना आफन्तजन, छोरीज्वाँइ, भान्जाभान्जीलाई बोलाएर मीठोमीठो परिकारहरु बनाएर खुवाउने र दुःखसुख साटासाट गर्ने गर्दछन् ।

प्रकृतिमा विश्वास गर्ने भएकाले परम्परादेखि नै उभौलीको रुपमा माघेसङ्क्रान्तिमा खेतीबाली तथा पशुपालन राम्रो होस्, रोगव्याधी नलागोस्, दुःखद घटनाहरु नहुन् भन्ने कामनासहित माघेसङ्क्रान्तिमा पूजाअर्चना गर्ने र देवतालाई खुशी बनाउने चलन रहेको मगर संघ म्याग्दीका अध्यक्ष खम थापा मगरले जानकारी दिनुभयो । मगर समुदायले मात्र मनाउँदै आएको परम्परागत माघेसङ्क्रान्ति पर्वलाई पछिल्लो समय अन्य जातजातिका समुदायले पनि मनाउन थालेका छन् ।

मगर समुदायमा माघेसङ्क्रान्ति पर्वलाई अन्य चाडहरुभन्दा विशेष महत्वका साथ मनाउने प्रचलन रहिआएको छ । जिल्ला सदरमुकाम र मगर जातिको बाहुल्यता भएका ग्रामीण क्षेत्रमा बसोबास गर्ने मगर समुदायले पुख्र्यौली नृत्यहरु, सालैजोलगायत विशेष कार्यक्रमको आयोजना गरेर माघेसङ्क्रान्ति पर्व मनाएका छन् । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले पनि यस पर्वलाई मकर सङ्क्रान्ति समेत भन्ने गरिएको पाइन्छ ।

Read more news from News of Nepal

Explore by Source or Category