npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

रेकर्ड तोडेको भोलिपल्टै घट्यो सुनको भाउ, आज कतिमा हुँदै छ कारोबार ?

क्लिकमान्डु 4 hours ago

काठमाडौँ । नेपाली बजारमा केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यमा बिहीबार ठूलो गिरावट आएको छ। बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेर ऐतिहासिक कीर्तिमान कायम गरेको सुनको मूल्य आज प्रतितोला १५ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो, जुन नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च मूल्य हो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ। महासंघका अनुसार बुधबार प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १७० रुपैयाँले घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको सामान्य गिरावटका कारण त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।

Read more news from Clickmandu

Explore by Source or Category