News of Nepal
बालेन शाहलाई पितृ शोक
न्युज अफ नेपाल
|
4 hours ago
काठमाडौँ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुबा रामनारायण शाहको निधन भएको छ । सोमबार बिहान सिभिल अस्पतालमा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो ।