झिनो अंकले घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार
जयराम गौतम
|
4 hours ago
काठमाडौं । शेयर बजार सोमबार झिनो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ को विन्दुमा झरेको छ।
सामान्य अंकले घटेको बजारमा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक ०.९१ प्रतिशतले बढ्दा लगानी समूह सर्वाधिक ०.७३ प्रतिशतले घटेको छ।
यो दिन बजारमा १२४ कम्पनीको शेयरभाउ बढेको छ भने १२६ कम्पनीको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब पौने ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार युनाइटेड मोदी हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- युनाइटेड मोदी हाइड्रोपावरः २७ करोड १० लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १५ करोड ३८ लाख रुपैयाँ
- बन्दीपुर केबलकारः १४ करोड ६७ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः १३ करोड ५४ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ६९ लाख रुपैयाँ
- नारायणी डेभलपमेन्ट बैंकः १० करोड ७३ लाख रुपैयाँ
- लक्ष्मी सनराइज बैंकः १० करोड १९ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः ८ करोड ११ लाख रुपैयाँ
- आशा लघुवित्तः ७ करोड ७१ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः ७ करोड ५६ लाख रुपैयाँ