npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

कांग्रेसले निष्कासित तीन नेताको नाम वेबसाइटबाट हटायो

न्युज अफ नेपाल 7 hours ago

काठमाडौँ।

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका तीन जना नेताको नाम पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ।

पार्टी वेबसाइटबाट हटाइनेमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर रहेका छन्। देउवा पक्षीय नेतृत्वले उनीहरूलाई यसअघि नै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

उता, निष्कासित नेताहरूले भने भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरी गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेका छन्। उक्त समितिमा विश्वप्रकाश शर्मा उपसभापति र फरमुल्लाह मन्सुर सहमहामन्त्री पदमा चयन भएका छन्।

यी घटनाक्रमसँगै नेपाली कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित भएको देखिएको छ।

Read more news from News of Nepal

Explore by Source or Category