npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

करदाताको पैसाको दुरुपयोग हुन हुँदैन: अर्थमन्त्री

क्लिकमान्डु 3 hours ago

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाले करदाताले तिरेको पैसाको सदुपयोग हुनुपर्ने बताएका छन् ।

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा खनालले करदाताको पैसाको उपयोग हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको बताए । उनले हरेक ब्यक्तिको आफ्नो क्षमता हुने र त्यसको उपयोग हुनुपर्ने पनि बताए ।

खनालले जेनजी आन्दोलनसँग जोड्दै भने सडकबाट कसैलाई दोषी करार गर्न नहुने र गलत सूचना प्रवाह गरेर मिडियाले पनि भ्रम फैलाउन नहुने उल्लेख गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले निजी क्षेत्रको प्रबर्द्धन गर्न चालु पूजी कर्जा तुरुन्त खारेज गर्नुपर्ने बताए । अर्थतन्त्रको मुहान नै निजी क्षेत्रभएकोले यसको प्रबर्द्धन सरकारले गर्नुपर्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रको योगदान बढाउन सरकारले थप सहयोग गर्दै जानुपर्ने पनि बताए ।

नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको पछिल्लो अबस्थाको प्रतिबेदन तयार पारेको र सरकारलाई बुझाउने बताए । उनले निजी क्षेत्र सधै सकारात्मक भएर अगाडि बढ्दै गर्दा मिडियामा भने देशमा केही पनि छैन भनेर नकारात्मक समाचार मात्रै आउनु बिडम्बना भएको बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले अहिलेको प्रमुख चुनौती तरलता ब्यबस्थापन गर्नु भएको बताए । उनले मौद्रिक नीतिको कार्यान्वयन गर्न र तरलता व्यवस्थापन गर्न बैंकका सीईओहरुलाइ आग्रह गरे ।

Read more news from Clickmandu

Explore by Source or Category