npl.977 Nepal News Stream

Nepali Link

इजरायली र अमेरिकी हवाई आक्रमणमा इरानी सर्वोच्च नेता खामेनीको मृत्यु

Narendra Basnet 2 days ago

लन्डन । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले आइतबार बिहान औपचारिक रूपमा पुष्टि गरेको छ। सरकारी टेलिभिजनका प्रस्तोताले अत्यन्त भावुक हुँदै खामेनीको निधनको खबर सार्वजनिक गरेका हुन्।

प्राप्त विवरणअनुसार, खामेनीको मृत्यु इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणका क्रममा भएको हो। पेन्टागनले यस सैन्य कारबाहीलाई ‘अपरेशन एपिक फ्युरी’ नाम दिएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु भएको दाबी गरेपछि इरानी सञ्चारमाध्यमले त्यसको पुष्टि गरेका हुन्। यस घटनालगत्तै इरानमा ४० दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ।

खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति र अन्तिम निर्णयकर्ताको रूपमा रहँदै आएका थिए। उनको निधनले इरानको आन्तरिक राजनीति र समग्र मध्यपूर्वको सुरक्षा स्थितिमा ठुलो उथलपुथल ल्याउने अनुमान गरिएको छ।

इरानमा अब नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा अन्यौल देखिएको छ भने अन्तर्राष्ट्रिय समुदायले यस घटनालाई निकै चासोका साथ हेरिरहेका छन्।

Read more news from Nepali Link

Explore by Source or Category