npl.977 Nepal News Stream

नेपालीपोष्ट logo नेपालीपोष्ट

दूरदृष्टि

- देवेन्द्र अधिकारी/भर्जिनिया, संयुक्तराज्य अमेरिका 2 months ago


नयन हेर्छ नियालेर यतै वरपर
मनले वस्तु हेर्नु पर्छ निकै परपर
खिच्नुपर्छ दृष्य दुवै फोटो खिचे गरी
हेर्नुपर्छ नियालेर यीनलाई घरघरी ।

कहिले काहिं देख्छ मनले हुँदै न’भा चित्र
कस्तो तेज आँखा होला मान्छेको मन भित्र
हँदैन’भा कुराहरु देखिन्छ कसरी ?
अँध्यारोमा निदाईरँदा सपना जसरी ।

पछि हुने कुराहरु अगाडी नै देख्ने
कोही देख्छ कोई देख्दैन के ले र’छ छेक्ने ?
थामी राख्न यो संसारलाई चलाई राख्न सृष्टि
धेरै योद्धा जन्मनु छ भएका दुरदृष्टी ।

Read more news from नेपालीपोष्ट

Explore by Source or Category