Clickmandu
आपतकालिन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा
क्लिकमान्डु
|
4 hours ago

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आपतकालिन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवा काठमाडौं रिङरोड भित्र गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेका लागि मात्र लागु हुने जनाइएको छ । नर्भिकको निःशुल्क एम्बुलेन्स सेवा माघ एक गतेदेखि सुरु भएको छ । यो सेवा सातै दिन २४ सै घण्टा सञ्चालन हुने जनाइएको छ ।
नर्भिकले आपतकालिन अवस्थाका बिरामी वा घाइतेलाई छिटो र सुरक्षित उद्धार गरी विश्वासिलो उपचार सेवा प्रदान गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।