News of Nepal
राजधानीमा नेपाल– अफ्रिका फिल्म फेस्टिवल
आज शुक्रबारबाट आगामी सोमबारसम्म राजधानीमा १४ औ“ संस्करणको ४ दिने नेपाल –अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल –२०२६ आयोजना हुने भएको छ।
फेस्टिवलका लागि नेपालसहित २० देशका ४३ फिल्म छनौट भएका छन्। चावहिलस्थित चलचित्र विकास कार्यालयमा हुने फेस्टिवलमा नेपाली समूहमा करिब ४ दर्जनभन्दा बढी फिल्म, वृत्तचित्र र लघु फिल्मबाट २० चयन गरिएको फेस्टिवल निर्देशन डब्बु क्षत्रीले जानकारी गराए।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रालिको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा हुने फेस्टिवलकी अध्यक्ष डा. मञ्जु मिश्रले फेस्टिवलमा फिल्म प्रदर्शनस“गै अन्तरक्रिया, नृत्य कार्यशाला, कला प्रदर्शनी र मास्टर क्लास सञ्चालन गरिने जानकारी गराइन्।
फेस्टिवलमा नेपाली कथानक फिल्मतर्फ १३ बाट ५ फिल्म चयन भएका छन्। त्यसै गरी खुला र विद्यार्थी समूह गरी १० वटा लघु फिल्म प्रदर्शन गरिनेछ।
नेपालबाहेक अफ्रिकी र अन्तर्राष्ट्रिय समूहबाट १९ देशका २३ लामा छोटा फिल्म चयन गरिएको छ। फेस्टिवलअन्तर्गत ३० जनालाई नृत्य प्रशिक्षणमा सहभागी गराइने आयोजकले जानकारी गराएका छन्।