npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

ह्याक गर्ने प्रयास भएपछि रवि लामिछानेको फेसबुक लक

क्लिकमान्डु 8 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज मेटाले अस्थायी रूपमा ‘लक’ गरेको छ । बाह्य व्यक्तिहरूले पेजमा अनधिकृत पहुँच बनाउन बारम्बार प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको उनको सचिवालयले जनाएको छ ।

मंगलबार जारी विज्ञप्तिअनुसार बिहानैदेखि पेजमाथि ह्याकरहरूले आक्रमणको प्रयास गरेका थिए । पेज पूर्ण रूपमा सुरक्षित भई पुनः नियन्त्रणमा नआएसम्म त्यहाँबाट कुनै नयाँ सामग्री पोस्ट नहुने स्पष्ट पारिएको छ ।

‘सभापति रवि लामिछानेज्यूको आधिकारिक फेसबुक पेजमा आज बिहानदेखि बाह्य व्यक्तिहरूले अनधिकृत पहुँच बनाउने पटक–पटक प्रयास गरेको जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रयासका कारण सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हाललाई पेज मेटाद्वारा ‘लक’ गरिएको छ ।’

सचिवालयले पेज ‘लक’ रहेको अवधिमा कुनै शंकास्पद पोस्ट, सन्देश वा लिङ्क देखिएमा त्यसलाई आधिकारिक नमान्न र भ्रममा नपर्न आग्रह गरेको छ । फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेज पुनः सञ्चालनमा ल्याउने प्रयास जारी रहेको जनाउँदै यस अवधिमा आधिकारिक जानकारीका लागि पार्टीको वेबसाइट तथा प्रमाणित सामाजिक सञ्जालहरू मात्र पछ्याउन अनुरोध गरिएको छ ।

Read more news from Clickmandu

Explore by Source or Category