Clickmandu
जेनजी आन्दोलनमा लुटिएको पेस्तोल बिक्री गर्न खोज्दा ३ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनमा स्वयम्भू प्रहरी वृतबाट लुटिएको अटोमेटिक पेस्तोलसहित ३ जना पक्राउ परेका छन् ।
आइतवार सुन्धाराबाट एसएन ५५००९९१६ नम्बरको नेपाल पुलिस लेखिएको टाइप ५४ पेस्तोल र विभिन्न कम्पनीका २ थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये काठमाडौं महानगरपालिका १४ का २८ वर्षीय रशिल जोशी लागुऔषध मुद्दामा स्वयम्भु वृत्तको हिरासतबाट भदौ २४ गते फरार भएका थिए ।
दार्चुला दुहुँ गाउँपालिका घर भइ काठमाडौं महानगरपालिका ११ बस्ने डेबिड भन्ने रामचन्द्र कुँवर सुन्धारा एक होटलमा काम गर्थे । त्यस्तै पक्राउ पर्ने अर्का काठमाडौं महानगरपालिका १३ बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी रहेको प्रहरीले जनाएको छ ।
उनीहरू २ जनालाई डल्लु र अर्कालाई सुन्धाराबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।
कार्यालयका अनुसार जोशीसमेतका व्यक्तिहरुले लुटिएको हतियार बेचन लागेको सूचनाका आधारमा आइतबार ३ बजे पक्राउ गरिएको हो ।
लुटिएको पेस्तोल बिक्री गर्न ग्राहक खोज्दा उनीहरू पक्राउ परेका हुन् ।