npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

राजधानी समाचारदाता 10 hours ago

काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि प्रमुख पाण्डेले राजीनामा बुझाएको महानगरको प्रशासन विभागका प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए ।

उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ । राजीनामा स्वीकृतिका लागि अधिकृत गुरागाईँले मेयर बालेन शाहसमक्ष सिफारिस गर्नेछन् ।

उनलाई मेयर शाहले काठमाडौं ४ बाट उम्मेदवार बनाउने तयारी गरेका छन् ।

The post काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category