News of Nepal
नेपाल प्रेस युनियन: कांग्रेस विभाजन होइन, एकता आवश्यक
काठमाडौँ।
नेपाल प्रेस युनियनले नेपाली कांग्रेसका नेताहरुलाई आन्तरिक विभाजनको सट्टा एकताको यात्रा अगाडि बढाउन अनुरोध गरेको छ।
युनियनले बहुदलीय लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षा गर्न राजनीतिक दलहरुको सुदृढता आवश्यक भएको औंल्याएको छ।
युनियनका अध्यक्ष शिव लम्सालले भनेका छन्, “दलहरुको विभाजनले मुलुक र लोकतन्त्र दुवैको हित गर्दैन। कांग्रेसले आन्तरिक संक्रमणको बीचमा संविधान संरक्षण र लोकतन्त्रको मूलधारमा रहन ध्यान दिनुपर्छ।” त्यसैले नेपाल प्रेस युनियनले देशभरका पत्रकार र सदस्यहरुलाई विचलित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न आग्रह गरेको छ।
युनियनले लोकतान्त्रिक अभ्यास र पत्रकारको हित प्रवर्द्धनका लागि सबै राजनीतिक दलहरुलाई जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिएको छ।
