राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
संस्कृत विश्वविद्यालय सुधारसम्बन्धी प्रतिवेदन हस्तान्तरण
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको वैज्ञानिक रूपान्तरण, आन्तरिक सुधारसहित सर्वाङ्गीण विकासका लागि दुई दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको थियो । अनेरास्ववियु नेपाल, नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा आयोजित दुई दिने गोष्ठी कार्यक्रममा विद्यार्थी, प्राध्यापक र कर्मचारीको संयुक्त कार्यशाला सम्पन्न भएको हो ।
उक्त कार्यशालाबाट अनुमोदन गरिएका विषयवस्तु, सुधारका लागि संकल्प प्रस्ताव तथा सुझावहरू समेटिएको समष्टिगत प्रतिवेदन आज नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी, दाङमा पुगेर विश्वविद्यालयका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको छ।

अनेरास्ववियु नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीका संयोजक विवेक सापकोटाको नेतृत्वमा गएको टोलीले उपकुलपति, शिक्षाध्यक्ष तथा कुल सचिवलाई प्रतिवेदन औपचारिक रूपमा बुझाएको हो ।
प्रतिवेदन हस्तान्तरणपछि संयोजक सापकोटाले प्रतिवेदनमा उल्लेखित सुझाव र सुधारका विषयहरूलाई विश्वविद्यालयका पदाधिकारीहरूले कार्यान्वयन गरेमा छोटो समयमै नेपाल संस्कृत विश्वविद्यालयको मुहार फेरिने विश्वास व्यक्त गरे ।
त्यस अवसरमा उपकुलपति, शिक्षाध्यक्ष र कुल सचिवले प्रतिवेदनमा समेटिएका सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गर्दै सुधारका लागि आवश्यक कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।


The post संस्कृत विश्वविद्यालय सुधारसम्बन्धी प्रतिवेदन हस्तान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....