npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

कांग्रेस केन्द्रीय कार्यसमिति’bout सभापति थापाले आयोगमा बुझाए विवरण

राजधानी समाचारदाता 6 hours ago

काठमाडौं । विशेष महाधिवेशनबाट गठन भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति’bout सभापति गगन थापाले निर्वाचन आयोगमा विवरण बुझाएका छन्।

बिहीबार निर्वाचन आयोग पुगेर थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अध्यावधिक गर्न विवरण बुझाएका हुन्। निर्वाचन ऐनअनुसार, नयाँ नेतृत्व चयन’bout आयोगलाई जानकारी गराएको थापाले बताए।

आयोगलाई कागजात बुझाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले भने, ‘अध्यावधिक गरिदिनुहोला भन्ने निवेदन लिएर आएका हौंँ। नयाँ कार्यसमिति गठन’bout पुष्टि हुने सबै कागजात बुझाएका छौँ।’

केही दिनभित्रै आयोगले अध्यावधिक गर्ने विश्वास लिएको उनको भनाइ थियो । माघ ६ गते प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको समय रहेको उल्लेख गर्दै थापाले भने, ‘निर्वाचन आयोगले अध्यावधिक गर्छ भन्ने कुरामा सम्पूर्ण विश्वास छ।’

The post कांग्रेस केन्द्रीय कार्यसमिति’bout सभापति थापाले आयोगमा बुझाए विवरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category