npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

प्रभु बैंकका सीईओ शेरचन पक्राउ परेपछि लम्साललाई कामुको जिम्मेवारी, कुनै पनि सेवा प्रभावित नहुने

क्लिकमान्डु 4 hours ago

काठमाडौं । प्रभु बैंककाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी निरज लम्सालले पाएका छने । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरोले २०८२ मंसिर १४ गते बैंकका प्रमुख कार्यकारी अधिकृत समेत ३ जना कर्मचारीलाई पक्राउ गरि अनुसन्धान सुरू गरेपछि बैंक सञ्चालक समितिले वरिष्ठतम कर्मचारीकाे रूपमा लम्साललाई कामु प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी ताेकेकाे हाे ।

प्रमुख कार्यकारी अधिकृत अनुसन्धान प्रक्रियामा रहेकाले बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउन सञ्चालक समितिबाट १४ मंसिरबाटै लागू हुनेगरी लम्साललाई उक्त जिम्मेवारी ताेकिएकाे हाे ।

यस्तै बैंकबाट सम्पादन हुने सबै किसिमका सेवाहरु सम्पूर्ण शाखा सञ्जालहरुबाट निर्वाध रुपमा सञ्चालन हुने बैंकले स्पस्ट पारेकाे छ ।

उक्त अनुसन्धानको कारणले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, सेयरधनी तथा ग्राहकहरुको हितमा कुनै पनि नकारात्मक असर पर्ने अवस्था नरहेको बैंकले विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।

Read more news from Clickmandu

Explore by Source or Category