npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक काँग्रेस भएको शेखरको दाबी

राजधानी समाचारदाता 13 hours ago

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक काँग्रेस भएको दाबी गरेका छन् । निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुगेका नेता कोइरालाले विशेष महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिले नै बनाउनुपर्ने बताए ।

उनले भने, ‘सिंगो केन्द्रीय समिति यहीँ छ, केही चोइटिएर जानुभएको होला । विधानमा कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउन अधिकार नै छैन ।’उनले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा आफूहरूले प्रमाणको लागि लिएर आएको समेत दाबी गरेका छन् ।

The post देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक काँग्रेस भएको शेखरको दाबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category