हिमाल वाटर पार्क एन्ड भिलेज होटलले आइपीओ ल्याउने, डाक्यो साधारणसभा
काठमाडौं । हिमालय वाटर पार्क एन्ड भिलेज होटलले दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।
होटलले आउँदो चैत १२ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
सभाले आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि आवश्यक कागजात तथा नियमनकारी निकायसँग पत्राचार गर्ने तथा आवश्यक अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले प्रबन्धपत्र संशोधन, यसका लागि नियमनकारी नियकाबाट प्राप्त रायसुझाव समेट्ने र कम्पनीको नाम परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष२०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।