npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

कांग्रेस महाधिवेशनको कार्यतालिका रोक्न निधि र सिटौलाको जोडबल, देउवासँग हारगुहार

अनलाइन टीभी नेपाल 8 hours ago

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बस्दैछ । आजको बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ । सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई कार्यतालिका पेस गर्न निर्देशन छ ।

त्यसैले कार्यबाहक सभापतिले पेस गरेको प्रस्ताव निर्णयार्थ हुने भएकाले कांग्रेसका दुई पूर्वपदाधिकारी विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई नैतिक संकट परेको छ । निधि र सिटौलाले निर्वाचनअघि कांग्रेस महाधिवेशन हुनै नसक्ने भन्दै वैशाखमा हुने बताउँदै आएका थिए । उनीहरूले अहिले सबैजना निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउँदै आएका थिए । चुनावअघि महाधिवेशन हुँदै हुन्न भनेर ठोकुवा गरेका निधि र सिटौलाको भिडियो अन्तर्वाता अहिले पनि युट्युबतिर पाइन्छ ।

सभापति देउवाले पुस अन्तिममा महाधिवेशन हुने गरी कार्यतालिका पेस गर्न भनेपछि निधि र सिटौला हारगुहार गरेर कार्यतालिका रोक्न लागिपरेका छन् । दुवैजनाले सोमबार बिहान कार्यबाहक सभापति खड्कासँग लामो छलफल गरेका थिए । तर खड्काले कुनै पनि हालतमा कार्यतालिका आउने भनेपछि निधि र सिटौला देउवा भेट्न उनको निवास महाराजगन्ज पुगेका थिए ।

दुवैले देउवालाई आजको बैठकमा महाधिवेशनको कार्यतालिका पेस हुनबाट रोक्न आग्रह गरेको बताइन्छ । आइतबार देउवा निवासमा भएको छलफलमा कार्यबाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, रमेश लेखक, मिन विश्वकर्माले महाधिवेशनको कार्यतालिकालाई अन्तिम रूप दिने सहमति भएको थियो । लामो रस्साकस्सीपछि पुसभित्र नियमित महाधिवेशन ल्याउने सहमति कांग्रेसमा जुटेको छ ।

Read more news from Online Tv Nepal

Explore by Source or Category