राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
एमाले ११औं महाधिवेशनः प्यानल प्रतिस्पर्धाको तयारीमा ओली–पोखरेल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशनको मिति नजिकिँदै जाँदा प्यानल निर्माणसँगै नेताहरू तानातानमा परेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष हुने दौडमा छन् । ओली र पोखरेल दुवैले प्यानल निर्माणसहित अध्यक्षमा विजयी हुन आन्तरिक रणनीति निर्माणमा लागेका छन् ।
देशैभरि प्रतिनिधि छनोटको कार्य सकिएको छ । केन्द्रीय कमिटीमा आउन खोजेका नेताहरू काठमाडौं आउनेक्रम सुरु भइसकेको छ । पदाधिकारी हुन चाहने नेताहरूले आन्तरिक लबिइङ सुरु गरिसकेका छन् । अहिलेको स्थायी कमिटी र पोलिटब्युरोमा रहेका अधिकांश नेताहरू पदाधिकारी हुन खोजेका छन् ।
अहिले पदाधिकारी रहेका नेताहरू पुनः पदाधिकारी हुन खोजेका छन् । तर, ओली र पोखरेल दुवैलाई पदाधिकारीको टुंगो लगाउन सकस परेको छ । १९ सदस्यीय पदाधिकारी घटाएर १५ सदस्यीय बनाउने गत भदौ तेस्रो साता सम्पन्न दोस्रो विधान महाधिवेशनबाट विधान संशोधन गरिएको छ । पदाधिकारी भइसकेका र हुन खोज्नेलाई व्यवस्थापन गर्न सकस भएपछि पदाधिकारी संख्या बढाउन आवाज उठिरहेको छ ।
गत भदौ तेस्रो साता भएको एमालेको दोस्रो विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी घटाएर १५ सदस्यीय बनाएको छ । राष्ट्रिय महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव, ७ सचिवसमेत २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको छ । यस्तै, प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य हुने व्यवस्था छ । आगामी महाधिवेशनमा यही पदमा प्रतिस्पर्धा हुँदै छ ।

यसैगरी, एमालेले केन्द्रीय सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटीमा परिणत गरेको छ । पोलिटब्युरो र केन्द्रीय कमिटीको संरचना रहनेछ । २ सय ५१ को एक तिहाइ ८४ सदस्यीय पोलिटब्युरो हुनेछ । स्थायी कमिटी नरहने भएकाले धेरै नेता पोलिटब्युरोमै रहनेछन् । केन्द्रीय सचिवालयको व्यवस्था हटेको छ ।
एमालेले आगामी २७ देखि २९ मंसिरमा पार्टीको ११औं महाधिवेशन गर्दै छ । गत २० देखि २२ भदौमा दोस्रो विधान महाधिवेशन सम्पन्न गरिसकेको एमालेले राजनीतिक, सांगठनिक एवं विधान संशोधनसहितका प्रस्ताव पारित गरिसकेको छ । अब महाधिवेशनबाट नेतृत्व चयनको कार्यमा केन्द्रित हुन्छ ।
ओली तेस्रो कार्यकालका लागि अध्यक्ष हुने दौडमा रहेकै बेला एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यस घोषणासँगै एमाले अध्यक्षका लागि ओली र पोखरेलबीचमा प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
तर, ओली र पोखरेललाई सबैभन्दा बढी चुनौतीको विषय महासचिव कसलाई दिने भन्ने भएको छ । ओली समूहबाट वर्तमान महासचिव शंकर पोखरेल नै दोहिरिन खोजेका छन् । उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली पनि महासचिवकै आकांक्षी छन् । जिल्ला दौडाहाका क्रममा गुरुङले अध्यक्षबाहेकका पदमा प्रतिस्पर्धा हुनसक्ने भन्दै आफूलाई महासचिव पदको दाबेदारका रूपमा प्रस्तुत गर्दैआएका छन् ।
स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्हालेका ज्ञवालीले आफूलाई महासचिव पदको स्वाभाविक दाबेदारका रूपमा प्रस्तुत गर्दैआएका छन् । यस्तो अवस्थामा पोखरेललाई नै दोहो¥याउने कि उपाध्यक्ष बनाउने भन्ने निर्णय गर्न ओलीलाई सकस भएको छ । एमाले स्रोतका अनुसार ओलीले पोखरेल र ज्ञवालीलाई उपाध्यक्ष बनाउने र गुरुङलाई महासचिव दिएर अगाडि बढ्न सक्छन् ।
अर्कोतर्फ पूर्वराष्ट्रपतिसमेत रहेकी एमाले पूर्वउपाध्यक्षको साथ पाएका ईश्वर पोखरेलले ओली समूहबाट गुरुङलाई ल्याएर महासचिव बनाउने योजनामा छन् । गुरुङ ईश्वर समूहमा आएर महासचिवको उम्मेदवार भए अन्य आकांक्षी त्यसमा सहमति जनाइसकेका छन् ।
यसैगरी, उपाध्यक्षहरूमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, विष्णु रिमाल र महासचिवमा नउठ्ने दुई नेतालाई ओलीले उपाध्यक्षमा उम्मेदवार बनाउने रणनीति बनाएका छन् । यस्तै, ओली समूहबाट उपमहासचिवमा लेखराज भट्ट, पद्मा अर्याल, छविलाल विश्वकर्माको सम्भावना छ ।
हाल सचिवको जिम्मेवारीमा रहेका रघुवीर महासेठले ढुलमुले नीति लिएका कारण उनलाई पुन सचिवमै राख्ने योजना ओलीको छ । जनसंगठन समन्वय संयन्त्रका संयोजक रहेका भानुभक्त ढकाल र ओलीलाई दरो रूपमा समर्थन गर्दै आएका पोलिटब्युरो सदस्य महेश बस्नेतमध्ये एकलाई उपमहासचिवमा ओलीले अगाडि सार्ने ’boutमा आफ्नो समूहमा छलफल थालेका छन् ।
ओलीले आफ्नो समूह निर्माणमा लागेसँगै अध्यक्ष पदका अर्का आकांक्षी ईश्वरसमेत आफ्नो समूह निर्माणमा जुटेका छन् । ईश्वरले उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलाई पुनः उपाध्यक्षमै उम्मेदवार बनाउँदै छन् ।
तर, गुरुङ नआएको अवस्थामा सुरेन्द्रलाई महासचिव बनाउने कि सचिवद्वय योगेश भट्टराई र गोकर्ण बिष्टमध्ये एकलाई महासचिवको उम्मेदवार बनाउने ’boutमा छलफल भइरहेको छ । गुरुङ र पाण्डेमध्ये एक महासचिवको उम्मेदवार भए आफूहरू उपमहासचिवमै बस्न तयार रहेको प्रतिबद्धता भट्टराई र बिष्टले ईश्वरसमक्ष गरेका छन् । सकभर ओली समूहका असन्तुष्ट नेताहरूलाई ल्याउने र बलियो टिम बनाएर प्रतिस्पर्धामा उत्रिने रणनीति नेताहरू बनाउँदै छन् ।
The post एमाले ११औं महाधिवेशनः प्यानल प्रतिस्पर्धाको तयारीमा ओली–पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....