News of Nepal
कृषि विकास बैंकलाई साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्सको तीन विधामा अवार्ड
काठमाडौँ
कृषि बिकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्सको तीन विधामा अवार्ड प्राप्त गरेको छ ।
कृषि बिकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (एएएफए)द्वारा आयोजित कार्यक्रममा ‘उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार’ (बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड), ‘एकीकृत प्रतिवेदन पुरस्कार’ (इन्टिग्रेटेड रिपोर्टिङ अवार्ड) र ‘कर्पोरेट गभर्नेन्सका लागि सार्क वार्षिकोत्सव पुरस्कार २०२४’ सार्क एनिभर्सरी अवार्ड फÞर कर्पोरेट गभर्नन्स डिस्क्लोजर २०२४ अन्तर्गत “सार्वजनिक क्षेत्रको बैंक श्रेणी”मा पुरस्कार प्राप्त गरेको छ ।
एसएएफएद्वारा पकिस्तानको ईस्लामाबादमा बिहिबार आयोजित एक कार्यक्रममा उक्त पुरस्कार बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रहण गर्नु भएको बैंकले जनाएको छ । पुरस्कार प्राप्तिले बैकका वस्तु तथा सेवा सुविधा सन्दर्भमा पारदर्शिता, उत्कृष्टता, र सुदृढ सुशासन प्रतिको बैंकको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। साथै, यसले बैंकलाई उत्कृष्टतातर्फ निरन्तर प्रयास गर्न र सरोकारवालाका लागि विश्वसनीय, गुणस्तर–उन्मुख वित्तीय रिपोर्टिङ प्रदान गर्न उत्प्रेरित गरेको बैंकले जनाएको छ । कृषि विकास बैंक यस अघि चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको थियो ।