npl.977 Nepal News Stream

नेपालीपोष्ट logo नेपालीपोष्ट

धानको महिमा

हरिकुमार श्रेष्ठ ‘शिखर’ (पीएचडी)/नगार्जुन १०, स्युचाटार, काठमाडौँ 1 month ago

हे पुजनीय धान !
तिमी उदायौ यो धरातलमा
अनि तिमी चम्कियौ रिग्वेदमा
हुर्कन्छौ र बढ्छौ हिलो र धूलोमा
माटो कसिलो अनि खुकुलोमा
भेदभाव छैन तिमीमा हिमाल, पहाड र तराई
जताततै रङ्गिी दिन्छौ छैन तिमीमा कोही पराई
उनेका छौ रङ्गीन माला जन्मदेखि मृत्युसम्म
सबै जात–जाति, संस्कृति, रीति–थिति र धर्म–कर्म जोडेर
र त हामी रमेका छौँयो धर्तीमा
बासमतीझैँ मङ्मङिदै र रङ्गीन धानजस्तै इन्द्रेनी बनेर ।

तिमी क्रान्तिका द्योतक हौ
लड्छौ झरी र खडेरीसँग
चिसो तातो हावा हुरीसँग
भोकमरी र मझेरीसँग
अनि
जन्मायौ लमजुङ्े ब्राह्मण समुदायमा हलो क्रान्ति
चलायौ भोकमरी र कुपोषण विरुद्ध हरित क्रान्ति
जोगायौ लाखौँ(लाख जनताको आत्मा बनाइ शान्ति ।

तिमी डाक्टर, वैद्य र ओखती हौ
चलाएर तिम्रा अङ्गहरू
निको पार्छौ चिनी रोग, क्षय रोग, पाइल्सजस्ता रोगहरू
प्रयोग गरे शालीधान
निको पार्छौ वात, पित्त र कफजस्ता रोगहरू
प्रयोग गरेर सठिया धान
पूरा गर्छौ भिटामिन ए, फलाम, प्रोटिन र क्याल्सियम जस्ता अभावहरू
प्रयोग गरेर आनुवंसिक र अन्य केहीधान।

तिमी धर्म भकारी हौ
लिच्छवीकाल, मल्लकालदेखि प्राचीन नेपालसम्म
खडा छौ फैलिँदै देशका कुनाकाप्चासम्म
मानिसका खेतीपाती र दैनिकी चलाउन
बन्यौ कति आत्माका पुजारी
आपत, विपद र अनिकालमा परेकालाई कल्याण गर्न
बचायौ कति भोका पेटका बालकदेखि वृद्धाहरूसम्म
बनेर एक जीवनरथ चलाउने उर्जा ।

हे धान !
सामथ्र्य छ तिमीसँग ब्रम्हाण्ड अड्याउने
क्षमता छ तिमीसँग प्रत्येक चुल्हो हसाउने
तिमी बिना प्राणी जगतको जीवन अधुरा
तिम्रो अभावमा हाम्रा रहरहरू अपूरा ।

तर
राष्ट्रिय धानपर्व ‘असारपन्ध्र’
मनाउने र रमाउने खातिर
हिजो आज तिमीलाई
कहिले गमलामा रोपेर त
कहिले मार्दै घाँटीमा माला भिरेर
हास्यब्यङ्ग्यको पात्र बनाइँदैछ
अनि चसक्क चस्कन्छ यी आत्माहरू
निमोठिन खोजिएका छन् हाम्रा आकांक्षाहरू
र त उठेकाछन् आज बुलन्द
सुतेका, दबिएका र लुकेका आवाजहरू
तिम्रो इज्जतसम्बर्धन र संरक्षणमा
हामीलाई त
मानसम्मान र पगरीका थुप्रोभन्दा
तिम्रो गुणस्तरीय बीउपाउन राम्रो ।

Read more news from नेपालीपोष्ट

Explore by Source or Category