npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

जनकपुरबाट चुनावी अभियान थाल्दै बालेन

राजधानी समाचारदाता 12 hours ago

काठमाडौँ । रास्वपामा प्रवेश गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिँदै छन् । आउँदो ५ गतेबाट चुनाव केन्द्रित यात्रामा निस्किने उनको तयारी छ ।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गर्दै बालेनलाई चुनावी अभियानमा लैजान आँटेको हो । उनी एमाले अध्यक्ष केपी ओलीको क्षेत्र झापा ५ बाट उठ्न उम्मेदवार बन्न लागेका छन् । औपचारिक घोषणा भने भइसकेको छैन । बालेनको चुनावी अभियान मधेसबाटै सुरु हुने भएको छ ।

आगामी ५ माघमा मधेश प्रदेशको राजधानी जनकपुरधामबाट बालेनले आफ्नो दौडाहा सुरु गर्न लागेका हुन् । जनकपुरमा पहिलो पटक बालेन र रास्वपा सभापति रवि लामिछाने सँगै उपस्थित हुने कार्यक्रम तय भएको छ । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट हुने भन्दै उनले फेसबुकमा पोस्ट गरेका छन् ।

जनकपुरधामको कार्यक्रमपश्चात बालेन आफ्नो सम्भावित चुनावी क्षेत्र झापा ५ मा जानेछन् ।

The post जनकपुरबाट चुनावी अभियान थाल्दै बालेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category