npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

पोखराको अतिथि रिसोर्टले एक वर्षमा गर्‍यो १२ करोडको व्यापार, अपार्टमेन्ट सञ्चालनको तयारी

क्लिकमान्डु 3 hours ago

काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको अतिथि रिसोर्ट र स्पाले एकै वर्ष करिब १२ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ११ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।

सन् २०२४ मा ९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ९ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०११ मा स्थापना भएको कम्पनीले पोखरामा चारतारे रिसोर्ट सञ्चालन गर्दै आएको छ ।

कम्पनीले ५० वटा कोठाको सुविधासहित होटल सञ्चालन गर्दै आएको हो ।

कम्पनीले कन्फरेन्स हल र अन्य सुविधा रेष्टुरेन्ट, जीम एन्ड हेल्थ क्लब, स्वीमिङ पुल र स्पाको सुविधा दिँदै आएको छ ।

गत आवमा ५८ प्रतिशत अकुपेन्सी क्षमतामा सञ्चालन भएको कम्पनीले जनाएको छ ।

कम्पनीका लगानीकर्ताले रिसोर्ट मात्रै नभएर लक्जरियस अपार्टमेन्ट पनि सञ्चालन गरिरहेका छन् । उक्त अपार्टमेन्ट अतिथि सुइट प्रालिमा सञ्चालन भइरहेको छ ।

कम्पनीले सो अपार्टमेन्टको २० युनिट ग्राहकको मागअनुसार सञ्चालनमा ल्याउने योजना बनाएको छ । २० युनिटमध्ये ४ वटा भने अधिग्रहण गरिसकेको छ । बाँकी युनिट पनि छिट्टै अधिग्रहण गर्ने जनाएको छ ।

कम्पनीकाअनुसार सो अपार्टमेन्ट अधिग्रहण गर्न ५० करोड रुपैयाँ लगानी हुने छ । उक्त अधिग्रहणका लागि १० करोड १० लाख रुपैयाँ कर्जा लिई लगानी गर्ने कम्पनीको तयारी छ ।

कम्पनीका लगानीकर्ताले अपार्टमेन्ट अधिग्रहणका लागि २५ करोड ४० लाख रुपैयाँ लगानी गरिसकेका छन् । कम्पनीका अध्यक्ष मोतीप्रसाद पौडेल हुन् ।

Read more news from Clickmandu

Explore by Source or Category