राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
सर्लाहीमा मतदान अधिकृ महतोको मृत्यु
काठमाडौं । सर्लाहीमा मतदान अधिकृतको ज्यान गएको छ। निर्वाचन क्षेत्र नं –२ पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय जिगडवा मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका सिनियर अहेव रघुनाथ महतोको मृत्यु भएको हो ।
मंगलबार अचानक बेहोस भएका महतोलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले् जनाएको छ।
रौतहटको माधव नारायण नगरपालिका ६ घर भएका ४२ वर्षीय महतो सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत थिए ।
घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
The post सर्लाहीमा मतदान अधिकृ महतोको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....