npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

यस्तो देखियो एमालेको एघारौं महाधिवेशनको लोगो, ओलीले गरे सार्वजनिक

अनलाइन टीभी नेपाल 13 hours ago

काठमाडौं । एमालेले एघारौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा आइतबार अध्यक्ष केपी ओ‌लीले लोगो सार्वजनिक गरेका हुन् । एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि भक्तपुर र काठमाडौंमा हुँदैछ । एमालेको महाधिवेशनको लोगोमा धरहरालाई देख्न सकिन्छ ।

त्यसैगरी भक्तपुरस्थित विश्व सम्पदा सूचीको दरबार क्षेत्रलाई पनि लोगोमा समेटिएको छ। लोगोमा धरहरासँगै राष्ट्रिय झण्डा फहराइएको छ । अर्कातिर एमालेको रातो रंगको सूर्य चिह्न र हँसिया हथौडा पनि समेटिएको छ। ओलीले एघारौँ महाधिवेशनमा चुनाव हुने बताउँदै प्रतिस्पर्धाका लागि कसैलाई नरोक्ने उल्लेख गरे । ‘महाधिवेशनमा चुनाव हुन्छ ।

प्रतिस्पर्धा गर्न दिइन्छ। प्रतिस्पर्धालाई हामी नराम्रो मान्दैनौँ’, उनले भने, ‘हामीले रोजेर नै ल्याएका हौँ प्रतिस्पर्धाको विधि। त्यसमा हामी सबैलाई छुट दिन्छौँ । प्रतिस्पर्धा गर्न हामीलाई निषेध गर्दैनौँ,’ उनले भने । ओलीले सार्वभौम एमाले कार्यकर्ताका सार्वभौम प्रतिनिधिलाई केन्द्रीय कमिटीमा उठ्न रोकतोक नगरिने बताए । ओलीलाई यसपटक अध्यक्षमा ईश्वर पोखरेलले चुनौती दिँदैछन् । शनिबार र आइतबार छनोट भएका एमाले महाधिवेशन प्रतिनिधिको सूची हेर्दा ओली निकै बलियो देखिएका छन् ।

Read more news from Online Tv Nepal

Explore by Source or Category