npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

प्रभु बैंकका सीईओ शेरचन पक्राउ

क्लिकमान्डु 15 hours ago

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी टोलीले शेरचनलाई आइतबार पक्राउ गरेको हो ।

बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी अनुन्धान गरिरहेको छ । भट्टचन प्रकरणमा सीईओ शेरचनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले क्लिकमान्डुलाई जानकारी दिए ।

सीआईबीले कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।

९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा भट्टचनलाई कात्तिक ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बैंकका तत्कालीन अध्यक्ष देवी प्रकाश भट्टचन र सञ्चालक कुसुम लामाको कम्पनी प्रभु म्यानेजमेन्ट प्रालिलाई दिएको करिब १ अर्ब रुपैयाँको कर्जाका विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

Read more news from Clickmandu

Explore by Source or Category