npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

अमुदी फुड्सको यूएनमी ब्रान्डबाट खाद्य मसला बजारमा ल्याउदै

क्लिकमान्डु 5 hours ago

काठमाडौं । विगत १९ वर्षदेखि नेपाली उपभोक्ता माझ उच्चस्तरीय स्न्याक्स उत्पादन तथा आपूर्ति गर्दै आएको अमुदी फुड्स लिमिटेडले छिट्टै यूएनमी ब्रान्डका गुणस्तरीय खाद्य मसला बजारमा ल्याउने भएकाे छ ।

अमुदी फुड्स लिमिटेडका कार्यकारी अध्यक्ष अच्युत बस्नेतका अनुसार नयाँ उत्पादन अन्तर्गतका मसला गुणस्तर, स्वाद र जनस्वास्थ्यप्रति पूर्ण प्रतिबद्ध रहनेछन्। उनकाे भनाइमा, “हामीले यूएनमी मसला उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ सकेसम्म स्थानीय तथा स्वदेशी किसानबाट सङ्कलन गर्नेछौं, जसले किसानको आयवृद्धि र स्वदेशी उत्पादन प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ।”

अमुदी फुड्सका उत्पादनहरू प्राकृतिक स्वाद, स्वच्छता र स्वास्थ्य मापदण्डलाई उच्च प्राथमिकता दिएर उत्पादन हुँदै आएका छन्। यसकै परिणामस्वरूप यूएनमी ब्रान्डका स्न्याक्सहरू नेपाली उपभोक्तामाझ विश्वासिलो ब्रान्डका रूपमा स्थापित भइरहेका छन्।

कम्पनीले विश्वास व्यक्त गरेको छ कि यूएनमी ब्रान्डका खाद्य मसला पनि स्न्याक्स उत्पादनहरू जस्तै उपभोक्तामाझ लोकप्रिय हुनेछन्।

Read more news from Clickmandu

Explore by Source or Category