npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

काठमान्डु गोर्खाज प्लेअफनजिक,

नवीन लुईटेल 6 hours ago

कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाज प्लेअफनजिक पुगेको छ । इंग्ल्यान्डका ब्याटर चम्किएको खेलमा कर्णाली याक्सलाई ५ विकेटले हराउँदै काठमान्डुले प्लेअफको सम्भावना बलियो बनाएको हो ।

हारसँगै कर्णालीको प्लेअफ यात्रा अरूमा निर्भर

ख्ोलेका ६ वटा खेलमा चारमा जित र दुई खेलमा हार बेहोर्दै ८ अंकका साथ काठमान्डु तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

अब अन्तिम खेलमा उसले पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । सो खेलमा पराजित भए पनि अरू टोलीको नजिताको आधारमा काठमान्डु शीर्ष चारमा रहेर प्लेअफमा पुग्नसक्ने नतिजा बनाएको छ । अब काठमान्डुलाई विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले मात्र पछि पार्न सक्छन् ।

यता, कर्णाली भने पाँचमध्ये चार खेलमा पराजित भइसकेको छ । अब उसले बाँकी दुवै खेलमा जित निकालेको अवस्थामा प्लेअफमा पुग्नसक्छ । त्यसका लागि अरू टोलीको नतिजामा भर पर्नुपर्छ । आफ्नो चौथो जित निकाल्ने क्रममा काठमान्डुले आइतबार कर्णाली याक्सलाई ५ विकेटले हरायो ।

कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य १८ ओभरमा ५ विकेटको क्षतिमा काठमान्डुले पूरा ग¥यो । काठमाडौंका ओपनिङ ब्याटर आकाश त्रिपाठी ८ रनमा आउट भए पनि अर्का ओपनर चाल्र्सवर्थले ३४ रनको योगदान दिए । उनले २१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । कर्णालीका कप्तान सोमपाल कामीविरुद्ध उनले एकै ओभरमा ३ छक्कासहित २० रन जोडेर आक्रामक सुरुवात गरे । तर, उनी आठौं ओभरमा पवन सर्राफबाट बोल्ड आउट हुन पुगे ।

त्यसपछि मिलिन्द कुमार ११औं ओभरमा रनआउट हुन पुगे । गेराल्ड इरसमससँग रन लिने विषयमा असझदारी हुँदा उनी १९ बलमा १५ रन बनाएर आउट भए ।

इरसमस र जोन सिमसनको जोडीले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्दै काठमान्डुलाई जित दिलाए । जितका लागि १ रन चाहिएको स्थितिमा सिमसन ४१ रनमा आउट भए । उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा रशिद खान पनि क्याचआउट भए । इरसमसले ३३ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ४३ रन बनाए ।

बलिङमा कर्णालीका नन्दन यादवले ३ विकेट लिए । उनले ४ ओभरमा ३५ रन दिए ।

त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले ७ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । कर्णालीका लागि गुल्सन झाले उत्कृष्ट ब्याटिङ गरे । अर्धशतक बनाउनबाट १ रनले मात्र चुकेका गुल्सनले २२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ४९ रन जोडे ।

कर्णालीको सुरुवात नै खराब थियो । पहिलो बलमै ओपनर प्रियांक पाञ्चाल करण केसीको बलमा रोयल डक आउट भए । पहिलो ओभरकै अन्तिम बलमा विलियम बोसिस्टोलाई शाहब आलमले रनआउट गरेपछि कर्णालीले पहिलो ओभरमै २ विकेट गुमाउन पुग्यो ।

त्यसपछि तेस्रो विकेटका लागि मार्क वाट र पवन सर्राफले ५८ रनको साझेदारी गरे । वाट पनि नवौं ओभरमा भीम सार्कीबाट डाइरेक्ट हिटमार्फत रनआउटको सिकार बने । उनले २७ बलमा १ चौका र २ छक्कासहित ३० रन बनाए ।

पवन सर्राफले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे । उनी १२औं ओभरको पहिलो बलमा सन्तोष यादवको एलबीडब्लूको धरापमा परे । नाजिबुल्लह जद्रान १४ बलमा १२ रन बनाएर आउट भए ।

कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारको बलमा सिकार भए । १९औं ओभरको अन्तिम बलमा रशिद खानबाट दीपक डुम्रे १० रनमा बोल्ड भए ।

बलिङमा काठमान्डुका रशिद खानले २ विकेट लिए । उनले ४ ओभरमा ३७ रन खर्चिएर २ विकेट लिएका हुन् । यसबाहेक करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए ।

The post काठमान्डु गोर्खाज प्लेअफनजिक, appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category