npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

गभर्नर भन्छन्: लोनका प्रोडक्ट स्थानीय व्यवसायीको आवश्कता अनुसार भएन, पुनरावलोकन हुनपर्छ

क्लिकमान्डु 4 hours ago

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्रोडक्ट’हरु पुनरावलोकन गर्नुपर्ने बताएका छन् । सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले स्थानीय व्यवसायीको आवश्यकता अनुसार लोन प्याकेजहरु पुनरावलोकन गर्ने बेला आएको बताए ।

उनले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई शाखा प्रबन्धकहरुसँग समन्वयन गरी स्थायित व्यवसायि उद्यमीलाई कस्तो लोन तथा प्रोडक्टहरू आवश्यक छन्, सोही अनुसारको लोन प्रोडक्ट ल्याउन निर्देशन दिएका हुन् ।

अहिलेका प्याकेज त्यसरी डिजाइन नगर्दा प्रभावकारी रुपमा ऋण प्रवाह हुन नसकेको र ब्यापक रुपमा बैंकमा पैसा थ्रुपिएको उनले बताए । उनले बैंकहरुको प्रोडक्ट मौद्रिक नीतिअनुसार नआउने गरेको समेत बताए ।

‘बैंकका प्रोडक्टहरु मौद्रिक नीति अनुसार आइरहेको देखिँदैन । कतिपय किसानदेखि पर्यटन क्षेत्रका व्यवसायी र उद्यमीहरुले पनि बैंकका लोन प्रोडक्टहरुले जुन रुपमा डिजाइन भइरहेको छ, त्यो डिजाइनहरु आवश्यकता अनुकुल भए भन्नुभएको छ,’ गभर्नर पौडेलले भने, ‘बैंकका सिइओहरुले त्यस्ता व्यवसायिसँग सम्पर्क हुने म्यानेजरहरुमार्फत सुझाव लिएर स्थायित तहका व्यवसायीहरु लक्षित लोनको प्रोडक्टहरु डिजाइन गर्नुपर्छ।’

उनले आगामी साता यस विषयमा बैंकका सिइओहरुसाँग छलफल गर्न लागेको बताए । राष्ट्र बैंकले बैंकहरुको अहिलेको प्रोडक्टरहरु कत्तिको प्रभावकारी छन् त्यसबारे समीक्षा गर्ने पनि बताए ।

चालु आर्थिक वर्षको मौद्रिक नीति प्रथम त्रैमासिक समिक्षामार्फथ थप लचिलो बनाएको उनले बताए । व्यक्तिगत ओभरड्राफ्टको सिमा बढाएको र त्यसले कृषि व्यवसायी, पर्यटन क्षेत्रका व्यवसायीले तत्काल आफ्नो आवश्यकता अनुसार ऋण लिएर काम गर्न सहज हुने बताए । ५० लाख रुपैयाँ रहेको व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा सोमबार सार्वजनिक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले १ करोड रुपैयाँ पुर्याउने घोषणा गरेको छ ।

गभर्नर पौडेलले राष्ट्र बैंकको नीतिकै कारण कुनै उद्योगी व्यवसायीलाई समस्यामा पर्ने आवस्था आउन नदिने बताए ।

Read more news from Clickmandu

Explore by Source or Category