npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

ब्ल्याक फ्राइडेमा अमेरिकीहरूले किने ११.८ अर्ब डलर बराबरको सामान, एआईका कारण सम्भव

क्लिकमान्डु 17 hours ago

एजेन्सी । एआईले सञ्चालन गरेको खरिददारी उपकरणहरूले यस वर्षको ब्ल्याक फ्राइडेमा अमेरिकामा अनलाइन खर्च धेरै बढाएको छ ।

भीड भएका पसलहरूबाट टाढा बसेर ग्राहकहरूले सामानको मूल्य तुलना गर्न र छुट खोज्न च्याटबोट्स प्रयोग गरे । विशेषगरी भन्सार शुल्क बढेर सामान महँगो हुनसक्ने चिन्ताबीच ग्राहकहरूले ब्ल्याक फ्राइडेमा सामान किनेका हुन् ।

एडोब एनालाइटिक्सका अनुसार, अमेरिकी ग्राहकहरूले ब्ल्याक फ्राइडेमा अनलाइनबाट ११.८ अर्ब डलर खर्च गरेका छन् । सन् २०२४ को तुलनामा यो ९.१ प्रतिशतले बढी हो । एडोबले अनलाइन रिटेल साइटहरूमा हुने १० खर्ब भिजिटलाई ट्य्राक गर्छ ।

एडोबका अनुसार, वालमार्टको स्पार्की र अमेजनको रुफस जस्ता एआई उपकरणहरू गत वर्ष सुरु नभएकाले यो वर्ष एआईद्वारा सञ्चालित अनलाइन ट्राफिक ८०५ प्रतिशतले बढेको छ ।

‘ग्राहकहरू नयाँ उपकरण प्रयोग गरेर आफूले चाहेको कुरा छिटो भेटिरहेका छन् । उपहार किन्नु तनावपूर्ण हुन सक्छ, र लार्ज ल्यांग्वेज मोडल्सले खोज प्रक्रियालाई अझ सरल र छिटो बनाइदिन्छन्,’ ईमार्केटरकी विश्लेषक सुजी डेभिडखानियन बताउँछिन् ।

एडोबको सर्वेक्षणअनुसार, करिब आधा अमेरिकी ग्राहकहरूले यो वर्ष अनलाइन किनमेलमा एआई प्रयोग गरिसकेका छन् वा गर्ने योजना राख्छन् ।

ब्ल्याक फ्राइडेमा लेगो सेट, पोकेमोन कार्ड, निन्टेन्डो स्विच र प्लेस्टेशन ५ जस्ता गेमिङ कन्सोल्स, एप्पल एयरपोड्स, र किचन एडमिक्सर्स जस्ता सामानहरू धेरै बिक्री भए ।

सफ्टवेयर कम्पनी सेल्सफोर्सका अनुसार, ब्ल्याक फ्राइडेमा विश्वभर एआई एजेन्टहरूले १४.२ अर्ब डलरको अनलाइन बिक्रीमा असर पारे । तीमध्ये ३ अर्ब डलर अमेरिकाबाट मात्र आएको हो ।

सेल्सफोर्सको तथ्यांक अनुसार (जसमा ग्रोसरी जस्ता आवश्यक सामान पनि समावेश छन्), अमेरिकीहरूले कुल १८ अर्ब डलर अनलाइन खर्च गरे । त्यो गत वर्षको तुलनामा ३ प्रतितश वृद्धि हो । विलासी कपडा र एक्सेसोरी सबैभन्दा लोकप्रिय बिक्रीका वस्तु बने ।

तर सेल्सफोर्सले यो वर्ष वस्तुको मूल्य बढेकाले ग्राहकहरूले अघिल्लो वर्षभन्दा कम सामान चेकआउटमा थपे ।

यसक्रममा अर्डरको मात्रा १ प्रतिशतले घट्यो भने औसत बिक्री मूल्य ७ प्रतिशतले बढ्यो । प्रत्येक ट्रान्ज्याक्शन किनिने इकाइ २ प्रतिशतले घटे ।

Read more news from Clickmandu

Explore by Source or Category